सहकारीका अध्यक्ष र कोषाध्यक्ष २५ करोड रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा

रुलर डेभलपमेन्ट ऋण तथा बचत सहकारी संस्थाको अध्यक्ष आङ बाबु राई सहकारीको रकम ठगी गरेको अभियोगमा साउन २२ गते पक्राउ परेका थिए । सचिब बिनोदमणी राई र कोषाध्यक्ष अप्सरा श्रेष्ठले फरार रहेको समाचार हामीले साउन २२ मै प्रकाशित गरेका थियो । सोमबार भने फरार कोषाध्यक्ष अप्सरा श्रेष्ठ पनि प्रकाउ परेको सोह्खुट्टे प्रहरी कार्यलयका प्रमुखले पुष्टी गरेका छन् । संस्थाको अध्यक्ष आङ बाबू राई र कोषाध्यक्ष अप्सरा श्रेष्ठले २०७४ पुष ९ गते देखि २०७५ माघ १७ सम्म छ करोड चौसट्ठी लाख अट्ठाईस हजार आठ सय मत्रचामलस रुपैया र २०७० साउन १७ देखि २०७४ पुष ४ गते सम्म अठार करोड पतैालीस लाख सत्तरी हजार तीर्न सय उर्नार्नअ् सी रुपयैा भन्दा बढी रकम हिनामिना गरेको प्रहरीको प्रतिबेदनमा उल्लेख छ ।

सहकारी आ.ब.२०७३/०७४ सम्म रु २२४६०१० नाफा रहेको सबै रकम तीन जना पदाधिकारीहरुले मिलमतोमा सबै रकम लिई खाई ठगी गरेको पाइएको छ। ठगि गरेपछि निजहरुले हालसम्म साधारणसभा नगरी बचतकर्ता र पदाधिकारीहरुलाई ठगी गरिरहेका कारण समेतका आधारमा नियामक निकाय काठमाडौ महानगरपालिका को छानबिन गरि प्रतिबेदनमा १३ वटा कैफियत औल्याउँदै थप अनुसन्धान गर्न भनिएको थियो ।

प्रतिबेदनका आधारमा कैफियत सम्बन्धमा थप कारबाही गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो हुँदै काठमाडौ प्रहरी परिषर बाट महानगरीय प्रहरी वृत्ति लैनचौरमा मिसिल पुगि ठगिमा संलग्नहरुलाई पक्राउ गरि अनुसन्धान गर्न काठमाडौ जिल्ला अदालतले अनुमति दिएको थियो ।अनुमति प्राप्त गरि बृत्तले अध्यक्षलाई पक्राउ गरि अनुसन्धान सुरु गरेकोमा सोमबार भने फरार कोषाध्यक्ष अप्सरा श्रेष्ठ पनि प्रकाउ गरेको छ। सहकारीका कार्यकारी भुमिका मा रहि तीन जनाले कार्यसमितिको निर्णयबिना सहकारीको नाममा रकम संकलन गरि अध्यक्ष र सचिबले आफ्नो ब्यक्तिगत खातामा रकम गरि सचिबको नाममा सेयर खरिद गर्ने र कोषाध्यक्षको नाममा घरजग्गा खरिद गर्ने गरेको पाइएको समाचार हामीले यस अघिनै प्रकाशित गरेका थियौ ।

सान न्युजमा हामीले २०८१ बैशाख २१ गते काठमाडौं–२ लाजिम्पाटमा ठेगाना राखी दर्ता गरेर सोह्रखुट्टेमा भूमिगत तवरले सञ्चालित रुरल डेभलपमेन्ट सेभिङ्ग बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सोझा संचालक र सदस्यहरुलाई ठगी गरेको समाचार प्राथमिकताका साथ प्रकाशित गरेका थियौ । समाचारमा सहकारी संस्थाका अध्यक्ष आङ्गबाबु राई, सचिव बिनोद मणि राई, कोषाध्यक्ष अप्सरा श्रेष्ठले सहकारीको रकम हिनामिना गरेको प्रष्ट पारेका थियौं ।

सुरुमा हाम्रो समाचार प्रकाशित भएपछि समाचारमा नाम उल्लेख भएका व्यक्तिले आफूहरुले ठगी नगरेको बरु सान न्युजले गलत समाचार दिएको भनेर सान न्युज बिरुद्ध उजुरी समेत गरेका थिए । तर ‘झुट टिक्दैन सत्य छिप्दैन’ भने जस्तै अहिले सरोकारवाला निकायले छानबिन गर्दा उनीहरु दोषी देखिएपछि भाग्ने आशंकामा प्रकाउ गरि प्रहरी कार्यालयमा थुनामा राखिएको छ।