सबै एकतावद्ध हुनु अहिलेको आवश्यकता –देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै एकतावद्ध हुनु अहिलेको आवश्यकता भएको बताए ।

नेपाली कांग्रेस पर्सा कार्यालयको उद्घाटन गर्दै बुधबार सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले नेपाल सम्पूर्ण जातजाति र भाषाभाषीहरुको भएकाले सबैलाई मिलाएर लैजानु आजको आवश्यकता भएको बताए । उनले सम्पूर्ण जातजाति,आदिवासी जनजाति, दलित, महिला, थारु, मुस्लिम सबैलाई एकतावद्ध बनाउनुपर्ने बताए ।

उनले भने, ‘सबै मिलेर एकतावद्ध भएर अघि बढ्नुस् । अब हाम्रो देश सम्पूर्ण जातजाति,आदिवासी जनजाति, दलित, महिलाहरुको हो । थारु, मुस्लिम सबैको देश हो । सबैलाई मिलाएर एक बनाएर लैजानु आजको आवश्यकता हो ।’

सभापति देउवाले कांग्रेसहरु एक भएर अघि बढ्नुपर्ने बताए ।