अहिले नदी आसपास थप २० मिटर जमिन छोड्नु पर्ने आदेशले काठमाडौँ तातेको छ । मानव सभ्यताको इतिहास लामो छ । जव मानवले बस्ती बसाउँदै आयो उसले आपूmलाई नदी, जलाशय, खोलानालाकै छेउछाउ मन परायो । इन्दस नदीको वरपर हिन्द, मिश्र, रोम, मेसोपोटामिया जे भने पनि ठूला मानव सभ्यता सिमसार, नदी, खोलानाला, जलाशय वरपरबाटै सुरु भएको देखिन्छ । विश्व प्रसिद्ध शहर न्यूयोर्क, लण्डन, संघाइ, ढाका, दिल्ली, क्वालालम्पुर सबैजसो मुख्य शहरहरु नदी, खोला, सागर छेउछाउ नै छन् अहिले पनि । ठूलो नदी ब्रह्मपुत्रका विषयमा यस्तो कुरो उठ्दैन किन ?
नेपालको राजधानी काठमाडौँ शहर बस्ती बस्नु पूर्व यहाँ रहेको पानीलाई वरदा र मोक्षदा शक्तिको प्रयोग गरी चोभारको डाँडो काटी पानी बाहिर पठाई बस्ती बसालेको हो । भनिन्छ पानीको स्रोत मन पर्ने नेपालका अधिकाँशक्षेत्रमा हाल पनि नाग देवता विराजमान छन् । काठमाडौँ उपत्यका मात्र होइन हाम्रा ठूला भनिएका मुख्य शहरहरु भद्रपुर, चन्द्रगढी , दमौली, पोखरा, विदुर बट्टार, जोमसोम, नारायणघाट, बुटवल, वेनी, महेन्द्रनगर शहर सबैजसो नदी खोला सिमसार क्षेत्र नजिकैै छन् तिनलाई के गर्ने ? विषय काठमाडौँको मात्रै होइन ।
गोकर्ण, वेत्रावती, कागबेनी, देवघाट आदिक्षेत्रलाई हामी उत्तरगया मानी पितृ उद्धार गर्न लालयित हुन्छौँ । पशुपतिको आर्यघाटलाई उत्तरकाशी भनिन्छ । वागमती मुहानदेखि टेकु पचलीसम्म सय्यौँ तीर्थहरु रहेका छन् तर नदी सभ्यता हामीले बुझेनौ र प्रदूषण गरिरहेका छौँ, जहाँ जलचर रहन सक्तैनन् त्यहाँ जल पवित्र हुन्न । हामीसंग साना साना नदी छन् यति ठूलो चिन्ता छ, अलि ठूला नदी भनेको कोशी, कर्णाली, महाकाली हुन् ।
हाम्रो नजिकै संसारकै ठूलो नदी ब्रह्मपुत्र छ, जो पूर्वतिर बहन्छ, पश्चिमतिर छाल उर्लन्छ । समुन्द्र सतहबाट ५ हजार ३ सय मिटर उचाइबाट उद्गम हुने यो स्वयं सृष्टिकर्ता ब्रह्मासंग सम्बन्धित छ, उनकै छोरोको कारण । नदी स्त्रीलिँगी शब्द हो तर यहाँ पुरुषवाचक भएको छ । मानसरोवरबाट ६० कि मि दूर पार गर्दै तिब्बतको उत्तर बुराँगको आँगसी नदी बहन्छ । नाम पनि फरक फरक छ, तिब्बती भाषामा यो पियनिस, यारलुँगसियाँग हुँदै आसाम पुग्दा ब्रह्मपुत्र हुन्छ, बंगलादेश पुग्दा यसको नाम यमुना भइसक्छ । बंगालको खाडी पुगेर समुद्रमा मिसिन्छ । संसारकै सबैभन्दा बढी पानी भएको ब्रह्मपुत्र नदी संसारका अमेजन, नाइल नदीसंग तुलना गरिन्छ ।
महासागर पुग्ने यो सिन्धु, सरस्वती, गंगापछिको योग्यतामा रहेको छ भने तिब्बतमा यसको लम्बाइ १ हजार ६२५ कि मि, भारतमा ९१८ कि मि बंगलादेशमा ३६३ कि मि रहेको छ, गहिराइमा १२४ मि देखि ३८० मि सम्म रहेको बुझिन्छ, चौडाइमा कतै यसको १८ कि मि सम्म छ, हिन्दमहासागरमा पुगेर यसले विश्राम लिन्छ । कैलाशको पश्चिम ढलोबाट झर्ने यो नदी भारतको सबैभन्दा ठूलो बन्छ र एसियाको ठूलो मध्येको एक अनि २ हजार ९०६ कि मि सम्मको यात्रा पार गर्छ, कामरुकामाख्याको तीरैतीर भएर बहन्छ ।
ब्रह्माले शन्तनु ऋषिपत्नी अमोघासंगको काम मोहित पर्दा पुत्रको उदय भई बालकलाईृ जलमा परिणत गरिदिएर कैलाश आसपास गन्धमादन पर्वत आसपास अन्य विशाल पहाडका बीच राखिदिए, ब्रह्मकुण्ड तयार भयो, बिस्तारै सरोवरको रुपमा बहन थाल्यो । सतीदेवीको योनि पतन भएको क्षेत्र कामाख्यातिर आकर्षित भयो यो । वर्षामा हरेक नदी रजस्वला हुन्छन्, ब्रह्मपुत्र पनि कामाख्या नजिक वर्षामा धमिलो हुन्छ, किनारामा कामाख्या रहेकी छन्, सतीदेवीको योनी हो, मन्दिर छैन, जेठ असारतिर ३ दिन दर्शन कार्य हुन्न रजस्वला मानेर, नदी पनि रगतभैmँ बहन्छ । भूगर्भशास्त्रीहरुले त्यहाँको माटो रातो भएकाले वर्षाको भेल यस्तो हुन्छ भन्छन् तर त्यहीँ यस्तो हुने र यति लामो समय बहँदा पनि रातो माटो कहिल्यै बगिनसक्ने देखिँदा शास्त्रमा विश्वास नगर्न सकिन्न र कामरुको दर्शन गर्न धेरै तीर्थयात्रीहरुको लामो भीड हुने गरेको छ पनि ।
शास्त्रमा अर्को पनि कथा छ । विष्णुले परशुरामको अवतार लिए । यो अवतार उनको आवेश अवतार हो, क्रोधित अवतार । पृथ्वीतलका तमाम दुष्ट शासकको निमिट्यान्न गर्नु थियो उनलाई । सत्ता स्वादमा रमेका शासकहरु आम जनताको नाम मात्रै भजाउँछन्, कुकर्म गरेर आप्mनै जनतालाई बढी सताउँछन् । एक्काइसपल्ट पृथ्वी परिक्रमा गर्दै निक्षत्रीय गर्नु उनको धोको थियो । जमदग्निका पुत्र भई जन्म लिए उनले, आमा थिइन् रेणुका । रेणुकाको चरित्रमा शंका गरे जमदग्निले । पुत्र परशुरामलाई आदेश दिए, आमाको बध गर्न । पितृआज्ञा पालन गरे, आमालाई रक्ताम्ये पारे, बन्चरोमा लागेको रगत पखाले गएर यतै, परशुराम कुण्ड छ यतै ,ररक्ताम्ये बन्चरो पखालेको कारण नदी नै रातो भएको प्रसंग छ । यसपछि शान्त भएर आएका परशुरामलाई बाबुले वरदान माग भनेपछि आमाको पुनर्जीवनको भिक्षा मागे, तथास्तु रेणुका पहिलेजस्तै सशरीर उपस्थित भइन् । दैवी शक्ति हामी सामान्य मानवले कसरी बुभ्mनु र त्यसैले त ईश्वर लीला र हामी नश्वरका बीच फरक भएको हुनुपर्छ, हामी लौकिक ईश्वर अलौकिक ।
ब्रह्पुत्रको जलप्रवाह नै कति धेरै १९ हजार ८ सय क्युबिक मिटर प्रति सेकेण्ड, विश्वकै पाँचौ जलप्रवाहको नदी, बाढी नै आउादा यसको वेग १ लाख क्युबिक मिटर प्रतिसेकेण्ड सम्म हुने । ब्रह्पुत्रमा नेपाल, भूटान, बंगलादेश, भारत चीन ५ नदीको पानी मिसिन्छ ।वैवस्वत मनिले यहीँबाट मानव उदय गराएदेवलोकको उद्गम यहीँबाट भनिन्छ, मेरु गिरी देखि आदि मानव सभ्यता यतैबाट शुरु भएको शास्त्रीय कथन छ भने मानसरोवरलाई श्रीविष्णुको निबास क्षीरसागर मानिएको छ । सरहरको गन्तव्य क्षीरसागर हो असुरहरको गन्तव्य षर सागर हो, क्षार भनेको नून हो र त्यहाँ भक्तहरु जाँदैनन्,क्षरकुण्ड क्षीरसागरको नजिक भएर पनि दर्शनार्थीहरु जाँदैनन् असरहरुको संगमस्थल भनेर । कैलाशक्षेत्र श्रीशिव भने त्यहाँबाट सुगमस्थल काठमाडौाको आर्यघाट मृगस्थली नजिक पशुपति भई बसेका छन् र आम भक्तहरुको यहाँ भीड लाग्ने गरेको छ ।


















