नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको पाथिभरामा बनाउन लागेको पाथिभरा मुकुम्लुङ केवलकारको बिरोध सुरु भएको छ । बिरोध गर्दै विभिन्न ६ वटा संस्थाले ‘मुक्कुम्लुङ छोड’ आन्दोलन समेत घोषणा गरेका छन् । उनीहरुले पाथिभरा केवलकारले इतिहास र संस्कृतिको अतिक्रमण गरेको भन्दै पाथिभरा क्षेत्र विकास समिति गठन गरेर बिरोध गरेका हुन ।
उनीहरुले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मुक्कुमलुङलाई मुन्धुमीस्थलको रुपमा नियन्त्रण, संरक्षण गर्न र पाथिभरा क्षेत्र विकास समितिको सट्टामा मुक्कुमलुङ क्षेत्र विकास समिति हुनुपर्ने माग राखेका छन । उनीहरुले चन्द्रप्रसाद ढकालले सरकारलाई प्रभावमा पारेर जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको रोहवरमा आन्दोलनरत पक्ष र जिल्लास्थित राजनीतिक दलहरूको परामर्श र छलफल पछि मात्र मुक्कुम्लुङमा केवलकार निर्माण कार्य अगाडी बढाउने भन्ने सहमति उल्लघन गरेको पनि बताएका छन । सरकारी र व्यापारिक समूहबाट बलमिच्याइ गरेर जनपथ प्रहरी र सशस्त्र प्रहरी प्रयोग गरेर केबलकार निर्माण सुरु गरिएकालो लाइसेन्स खारेज नभएसम्म आन्दोलन गर्ने घोषणा समेत गरेका छन् ।
जसको लागि मुक्कुम्लुङमा केबलकार निर्माण गर्ने व्यापारी कम्पनीलाई केवलकार निर्माणको कार्यालय बन्द गर्न र मुक्कुम्लुङ छोड्न अल्टिमेटमसमेत दिइएको छ । आन्दोलनमा प्रसाद लिम्बु संयोजक रहेको मुस्कुम्लुङ संरक्षण संयुक्त सघर्ष समिति, खगेन्द्र फेम्बू, संयोजक रहेको पाथिभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, प्रेम येक्तेन, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समिति, नन्द कन्दङवा, संयोजक, लिम्बु बरगत संस्था (याक्युड सयङ) सहजीकरण समूह, प्रेम एक्तेन, संयोजक रहेको प्रदेश नम्बर १ प्रदेश पुन: नामांकन संयुक्त संघर्ष समिति, रामभक्त कुरुम्बाङ, महासचिव, प्रदेश नम्बर १ प्रदेश पुन: मनोनयन अभियान समिति र सरस्वती सिंहक (सरु) प्रतिनिधि, मुस्कुम्लुङ तनहाप चुम्बी समूह क्रियाशील छन् ।
उता आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गरे, पाथिभरा क्षेत्रका स्थानीयहरुलाई सतप्रतिशत रोजगारी दिन आफूहरू तयार रहेको भन्दै चन्द्रप्रसाद ढकालले स्थानियलाई ललिपप बाडि रहेका छन । संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि ढकालले त्यो भन्दा एक कदम अगाडी बढेर स्थानीयलाई फकाउन रोजगारीमा स्थानीयलाई शत प्रतिशत प्राथमिकता दिने बताई रहेका छन ।


















