बाढी पहिरोका कारण पशुपंछी ढुवानीमा समस्या

एनिमल नेपालकी अध्यक्ष सुलक्षणा राणाले पछिल्लो समय आएको बाढी पहिरोले ठुलो संख्यामा पशुपन्छीको ढुवानीमा समस्या आएको बताउनुभएको छ । अन्तराष्ट्रिय पशु अधिकार विकास अवसरमा सप्ताहा ब्यापी विभिन्न कार्यक्रम गरि मनाउने क्रममा पत्रकार संगको अन्तर कृयामा उहाँले सो कुरा बताउनुभएको हो ।

देशका विभिन्न भागमा आएको बाढी पहिरोको कारण ढुवानीका क्रममा उपत्याका बाहिरबाट काठमाडौं उपत्याका ल्याउदै गरेका पशुपंक्षी बाटोमै रोकिदा दानापानी खान नपाउँदा भोक र प्यासले तड्पिएको पनि बताउनुभयो । उहाँले पशु कल्याण ऐन बन्नाका लागि सैद्धान्तिक सहमती जुटेको दुई वर्ष बितिसक्दा पनि ऐनको मस्यौदाले अन्तिम रुप पाउन नसकेको बताउदै ऐन नआउँदा हालसम्म पशु कल्याण निर्देशिका २०७३ मार्फत नै काम भइरहेको बताउनुभयो ।

अहिले बाढी पहिरोका कारण बाटोमा ढुवानीको क्रममा भएका पशुपंछीले पिडा भोग्नु परेको बाताउँदै नेपाल पशुपंक्षी जन्य व्यवसायीले पशु ढुवानीका लागि होल्डिङ सेन्टरको व्यवस्थापन गर्नुपर्ने बताए । पशु ढुवानी गर्दा आठ घण्टाको अवधिमा पशुलाई ओरालेर दाना पानी खुवाउनुपर्नेमा जोड दिदै मिडियाले पनि यो बिषयलाई बिशेष रुपले उठाउनु पर्ने बताउनुभयो । पशु सेवा ऐन २०५५ तथा सोको नियमावली २०५६, पशु ढुवानी मापदण्ड २०६४ अनुसार गाडीमा घाँस, पराल र दाना राखेको छ /छैन त्यो पनि हेर्नु पर्ने बताउनुभयो ।