काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ । महानगरपालिकाले ‘पशुपति गौशाला धर्मशाला’ भन्ने पुरानो बोर्ड हटाएर ‘काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित गौशाला धर्मशाला’ लेखिएको बोर्ड राखिएको हो ।
पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबिच सातबुँदे सहमति भएपछि पशुपति गौशाला धर्मशाला खाली गराउने तयारी थालिएको छ । पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा कोष र महानगरबीच सात बुँदे सहमति भएपछि महानगरको प्रहरी टोली बुधबार बिहानै गौशाला पुगेको थियो

















