पूर्वमन्त्री डम्बर श्रेष्ठको निधन भएको छ । क्यान्सरबाट पीडित उनको चितवनस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको हो ।
नेकपा मालेको स्थायी कमिटीका परामर्शकारी सदस्य समेत थिए ।
नेकपा मालेले बुधबार एक शोक वक्तव्य जारी गर्दै उनको निधनले स्तब्ध भएको जनाएको छ । महासचिव सिपी मैनालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘कमरेड डम्बरको निधनले पार्टीले एउटा जिम्मेवार नेता र नेपालको श्रमजीवी वर्गले एउटा भरपर्दो क्रान्तिकारी साथी गुमाएको छ । यो अपूरणीय क्षति हो’।


















