आज पोखरामा सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग र न्यायको दबाब स्वरूप राष्ट्रबैंक चोकमा ११ बजे प्रदर्शन गर्ने भएका छन् । सहकारी पीडित सङ्घर्ष समितिको नाममा सूचना पोस्ट गरेर प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ ।
रास्वपाका नेता कार्यकर्ताहरूले आफ्नो प्रदर्शनलाई स्वतन्त्र नागरिकहरूको प्रदर्शन भनेपछि सहकारी पीडितहरूलाई पनि अन्य पक्षले साथ दिन थालेका छन् । उनीहरुले आज प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको बचाउमा मानवअधिकार चोकमा शनिबार प्रदर्शन गरेको थियो । अदालतमा रविलाई पेस गर्ने भएपछि रास्वपा नेता कार्यकर्ताहरू पनि सोही क्षेत्र वरपर भेला हुनेछन् ।


















