२२ हजार भन्दा बढीमा डेंगु सङ्क्रमण, ११ जनाको मृत्यु

देशभर फैलिएको डेंगु सङ्क्रमणबाट ११ जनाको ज्यान गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)को पछिल्लो तथ्यांंक अनुसार गत जनवरीयता हालसम्म २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण भएकोमा ११ जनाको मृत्यु भएको हो ।

डेंगु सङ्क्रमण ७७ जिल्लामध्ये हुम्ला बाहेक ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेंगु सङ्क्रमणबाट हालसम्म ३ हजार ५ सय ९४ जना प्रभावित भएका छन । यस्तै, कास्कीमा ३ हजार १ सय ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।