उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएको छ । हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ भर्ना भएको हो ।
उपराष्ट्रपतिका निजी चिकित्सक डा. शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए । उनको शल्यक्रिया प्राध्यापक डा.रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्नेछ ।

















