बुधबार बिहान २;३७ बजे ललितपुरमा कुखुरा बोकेको गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।बागमती गाउँपालिका-३ माझखोलामा ग २ च ९६६८ नम्बरको कुखुरा बोकेको बोलेरो गाडी सडकबाट अन्दाजी पाँचसय मिटर तल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।उनको शव पोस्टमर्टमका लागि पाटन अस्पताल लगिएको छ।जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेमा चितवन घर भएका अन्दाजी २७/२८ वर्षका भरत लामिछाने छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।
गाडीका सहचालक गम्भीर घाइते छन्।

















