राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताको काठमाडौंमा प्रदर्श

कात्तिक, काठमाठौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका कार्यकर्ताले काठमाडौं माइतीघरमा प्रदर्शन गरेका हुन् ।
लामिछाने २ कात्तिकमा पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिएको थियो । उनलाई आइतबार मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो ।
अदालतले लामिछानेमाथि अनुसन्धान गर्न पक्राउ परेको दिनदेखि नै लागू हुने गरी ६ दिनको म्याद थपेको थियो । तर बयान नसकिएपछि उनीमाथि अनुसन्धान गर्न प्रहरीले बिहीबार फेरी ७ दिनको म्याद थपेको छ ।