skip this वडा नं १६ बालाजु च:मती

इरानका तेल भण्डारणमा आक्रमण नगर्न इजरायललाई अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानका परमाणु र तेल भण्डारणमा आक्रमण नगर्न चेतावनी दिएका छन् ।

बाइडेन प्रशासनले इजरायललाई आफ्नो बचाउ र अगस्टको सुरुवाततिर भएको इरानी आक्रमणको जवाफ अधिकार भने रहेको पनि स्पष्ट पारेको छ।

यद्यपि, बाइडेनले इरानका परमाणु स्थलमा आक्रमण गरे इजरायललाई समर्थन गर्न भने नसकिने बताएका छन् । इरानका परमाणु स्थलमा आक्रमण गरिएका स्थिति अझै बिग्रन सक्नेतर्फ इजरायललाई सचेत गराएका छन् ।

यसका साथै अमेरिकाले इजरायललाई इरानका तेल भण्डारणबाट टाढै रहन पनि चेतावनी दिएको बीबीसीले जनाएको छ । अमेरिकाले इरानसँग इजरायली हवाई आक्रमणको जबाफी कारबाही नगर्न पनि अपील गरेको छ । बीबीसी