काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ। बैठक आज बिहान साढे ११ बजे बस्नेछ।
बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल हुने बताइएको छ ।
साथै बैठकमा अन्य विविध विषयमा पनि छलफल हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।


















