जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवानले गरे आत्मह#त्या

दाङमा जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छन् । प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले नाबालकका करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा मगर झुन्डिएको अवस्थामा आज बिहान फेला परेको जल्ला प्रहरी कार्यालयका दाङका एसपी अर्जुन तिम्सेनाले रातोपाटीलाई बताए ।दसैँको बेलामा पिङ खेल्न गएका नाबालिकालाई बलात्कार गरेको प्रहरीसँग बयानमा स्वीकार गरिसकेका थिए ।