बालुवाटारको निषेधित क्षेत्रमा रास्वपाको प्रदर्शन , ६ जना डीएसपीको नेतृत्वमा ठुलो संख्यामा प्रहरी परिचालन ,५० जना पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई सहकारी अपचलन, संगठित अपराध कसुरमा पक्राउ गरेको विरोधमा बालुवाटारको निषेधित क्षेत्रमा प्रदर्शन गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरे पछि बालुवाटार क्षेत्रमा ६ जना डीएसपीको नेतृत्वमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउको विरुद्धमा प्रदर्शनमा सहभागी भएका ५०जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।
भिड नियन्त्रणका लागि यथेष्ट मात्रामा प्रहरी परिचालन गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताएका छन । उनले भने, ‘आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रदर्शनस्थलमा सुरक्षाको नेतृत्व जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी पवन भट्टराईले गरेका छन् । पक्राउ परेकालाई प्रहरी वृत्त मालिगाउँ, दरबारमार्ग, महाराजगन्जमा राखिएको छ।