काठमाडौँ । बालुवाटारबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक चौधरीसहितका ५१ जना रिहा भएका हुन् । पार्टी सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै गरेको प्रदर्शनका क्रममा पक्राउ उनीहरु पक्राउ परेका थिए ।
बालुवाटार घेराउ गर्न पुगेका उनीहरूलाई छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्तामा एसपी नवराज अधिकारीले जानकारी दिए ।
प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।


















