अच्युतप्रसाद पौडेल ‘चिन्तन’
आम नेपालीहरुका घरघरमा तिहार चाडले ढपक्कै ढाकेको छ । कैयन नेपालीहरु विदेशमा रहेर पनि तिहारको गरिमालाई बढाइरहेका छन् । वर्षभरिको ठूलो दोस्रो चाड मनाउन त्यति सहज भने नभएको अबस्था छ । महँगीमा पिल्सिएका आम नेपालीहरुलाई चाडवाड पनि अब भार हुन लागेको छ । स्वदेशमै चाडवाडका सर सामान उत्पादन हुन नसक्नु हाम्रो चुनौती बनेको छ । तिहार पर्वका विषयमा पनि समय, मुहुर्त साइतका विषयमा पनि विभिन्न टिका टिप्पणीहरु भइरहेका छन् । मौलिक पर्वहरुमा विदेशी प्रभाव पर्न जानाले परापूर्व कालदेखि चलिआएको संस्कृति , संस्कार धान्न पनि समस्या हुन थालेकोे महसूस भइरहेको छ ।
केही वर्षअघिसम्म धन्तेरसको नाम याद थिएन, अब यसले आप्mनो मान्यता स्थापित गर्न खोजेको देखिन्छ । कार्तिक कृष्ण त्रयोदशीमा पर्ने आयुर्वेद शास्त्रका प्रणेता धन्वन्तरीको जन्म जयन्ती मनाउँदा भाषणबाजी हुन थालेको छ । आयु वृद्धि गर्ने आयुर्वेदिक जडिबुटीको मूल स्रोत भूमि नेपाल, यहीँ नै यसैक्षेत्रमा बढी राजनीति घुसेको अबस्था छ । सिँहदरबार वैद्यखाना बा पुरानो नरदेवी आयुर्वेदिक अस्पतालले आप्mनो उत्पादन बा सेवा प्रभावकारी रुपमा दिन सकेको छैन । संयुक्त राष्टृ संघले आयुर्वेदिक पद्धति र उपचार लाई वैकल्पिक चिकित्साको रुपमा राखेको छ । स्वास्थ्य मन्त्रालयको भनाइमा एलोपेथी र आयुर्वेदिक उपचारलाई समान रुपमा हेरेको बताउँदै गर्दा भर्खरै का म न पा का लोकप्रिय मेयरले बराबरी रुपमा त हेरियो तर शिक्षण अस्पताल, वीर अस्पताल जुन मात्राले बिग्रेको छ, त्यही मात्राले आयुर्वेदका संस्थाहरु पनि बिग्रेका छन् भनेका छन् ।
सत्ययुगमै समुद्रमथनबाट प्रादुर्भाव भएका धन्वन्तरी आयृर्वेद शास्त्र लिएर उदय भएका हुन् र विज्ञानको चमत्कार नहुन्जेल यो पद्धतिको विकास भएको थियो । अहिले पनि एलोपेथीबाट निराश भएपछि यसको शरण लिन जानेहरुको संख्या कम छैन, योग, ध्यान, सकारात्मक सोच, सकारात्मक ऊर्जा विज्ञान यसको क्षेत्र हो । भनिन्छ रोग लागेर उपचार खोज्नुभन्दा रोग लाग्नै नदिनु बढी राम्रो हो । धन्वन्तरी जयन्तीकै दिन काग तिहरबाट तिहार शुरु हुने र यो यम द्धितीयामा भाइपूजा गरेर अन्त्य हुन्छ । पाँच दिनको यो समय यमपन्चक हो र भनिन्छ यतिबेला कालका प्रतिक यमराजले पनि आराम लिन्छन् । अथावा भनौँ अघिपछि काल नेदेखिने गरी आइरहेको हुन्छ भने यो पाँच दिन काल भने आप्mनै वरिपरि देखिने गरी आयरहेको हुन्छ । काग यमको दूत हो र शकून बा अपशकून उसले दिन्छ । कागलाई वन बुटेन आबश्यक पर्छ, यसले वातावरण सफा गरिदिन्छ, फोहोर खाइदिन्छ, बालिनालीका नराम्रा किराहरु पनि खाइदिन्छ । अहिले वन, रुखहरुको कम र विकासको मोडल पहिचान नहुँदा संसार भयावह स्थितिमा छ । वैदिक परम्परामा कागलाई देवताको रुपमा पुज्ने र हरेक दिन काकवलि दिने चलन छ । रामायणमा कागभुसुण्डी ऋषिले आपूm सधैँ कागकै रुपमा रहने प्रण गरेका छन् । काग छुच्चो प्राणी भए पनि यो यमको सन्देश वाहकको रुपमा हेरिएकाले तिहारमा विशेष पूजा गर्ने चलन चलेको हो ।
तिहारको दोस्रो दिन कुकुर तिहार हो, कुकुर पनि यमको प्रतिक हो, भैरवको वाहन हो, घरेक कार्यमा ऊ मानव सहयोगी छ र देवतुल्य पूजा पनि गरिन्छ । वैवस्वत कूलमा रहेका श्याम र शबल दुई कुकुर देव समान रहेकाले तिनकै नाममा अहिलेसम्म पूजा भइरहेको छ र तिहारमा विशेष रुपमा उसले मान्यता पाएको छ । कुकुर तिहारका दिन विहान नरक वगाउने, यम द्धिप दान गर्ने चलन छ, यसो गर्दा मानसिको मैलो, प््रदूषण बाहिर जाने र बत्तिले भोलिको जीवन बा मृत्युपछि पनि यमद्धार पुग्न सहज हुने विश्वास गरिन्छ । बेलुकी लक्ष्मी पूजा गरिन्छ । यसपालि धेरै शंकाहरु भए, नरक बगाउने, कुकुर पूजा गर्ने अनि त्यसैदिन कसरी लक्ष्मी पूजा भन्ने पनि शंका रहेकोे पाइयो । त्यसको मूल कारण भोलिपल्ट औँसी रात्रिमा नभएको र अघिल्लो दिन भनौँ कार्तिक १५ गते साँझ औँसी तिथि रहेको र लक्ष्मीको विशेष पूजा तिहारमा औँसीमै गर्नु परेकाले यसो भएको हो । अर्को कुरा लक्ष्मीको प्रतिक गाईको पूजा औँसीको विहान गर्नु परेकोले १६ गते विहान ओँसी भएकोले यसो गरिएको हो । युगल पूजा सके गाईपूजा हरेक दिन गर्नु पर्छ, तिहारमा युगल गोरु, साँढे, बहर पूजा र गोवद्र्धन पूजा हुन्छ र यो भनेको प्रतिपदा कार्तिक १६ गते हो । यसैदिन नेवारी समुदायमा म्ह पूजा गरिन्छ, यसको अर्थ हो आत्म पू्रजा । नेपाल सम्वत्को आरम्भ पनि यसै दिन भएकोले नोवार समुदायमा यसलाई नव वर्षको रुपमा हेर्ने चलन छ ।
यमपञ्चकको सर्वाधिक महत्वपूर्ण चाड हो भाइतिहार । कार्तिक कृष्णत्रयोदशी कागतिहारदेखि आरम्भ भएको ५ दिन लामो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन घरघरमा दिदीबहिनीहरुले नवग्रह, अष्टचिरञ्जिवी, यम, यमुना, लक्ष्मी एवं आप्mना दाजुभाइहरुलाई पूजा गरी तिहारको उत्कर्षणलाई बिदा गर्छन् । सूर्यपुत्री यमुनाको निम्तो स्वीकार गर्दै कार्यमा व्यस्त यमराज पाँच दिनसम्म बहिनीका घरमा बसी मिठामिठा खानेकुरा खाई, फुर्सदका क्षणहरुमा रहेको सम्झनास्वरुप, दिदीभाइ, दाजुबहिनीको सुमधुर स्नेहलाई निरन्तरता दिन पञ्चकभरि दिदीबहिनीहरुका घरमा, उनीहरुले बनाएका खानेकुरा खाने चलन चलेको हो । अघिपछि दिदीबहिनीहरुको घरको खानु हुँदैन भन्ने मान्यता छ तर यमपञ्चकमा दिदीबहिनीकै घरका खाना खानुपर्छ त्यसबाट आयुबृद्धि हुन्छ भन्ने मान्यता छ । दिदीबहिनीहरु आपूm यमुनाको स्वरुप मानी दाजु भाइलाई दाजु यमको प्रतीक मानी पञ्चक आरम्भदेखि नै बिबाहित महिलाहरु आ(आप्mना दाजुभाइहरुलाई घरमा बोलाउँछन् । घरदेखि टाढा रहेकाहरु पनि यमपञ्चकमा घर आउँछन् । घरमा आउन नसक्नेहरुलाई प्रसाद पठाउने चलन छ । दाजु भाइको सुस्वास्थ्य, कीर्ति, दीर्घायु, ऐश, आराम, मान, सम्मान, प्रतिष्ठाबृद्धिहेतु परिवारकै आशीर्वाद प्राप्त हुनाले दिदीबहिनीलाई देवीस्वरुप सम्झेर उनीहरुबाट आशीर्वाद लिई उपहार, दान, दक्षिणा दिने चलन पनि तिहारको मूल विशेषता हो । निधारमा सप्तरङ्गी टिका, गलामा मखमली पूmलको माला, कपालमा तेल, अनि मूलढोकामा ओखर फोरी मण्डपमा सजिएका दाजुभाइहरुलाई तेलमिश्रित करुवाको टुटीको जलाधाराबाट तीनपटकसम्म परिक्रमा गरी यमुना, यम देवताको पूजा, दीप, कलश, गणेशको पूजासहित भाइहरुको पूजा विशेष बिधिपूर्वक गरी पान, मसला, धूप, बत्ती, बस्त्र, फलपूmल, मिष्ठान्न, सगुनसमेत दिएर दाजुभाइहरुलाई प्रसन्न राखी प्रार्थना गरिन्छ । वर्षभरि भएका सबै कल्मष हटाई दिदीबहिनीहरुबाट दाजुभाइहरुले सुख संमृद्धिको आशीर्वाद दिन्छन् । भाइपूजा गर्नुअघि षष्ठिकादेवीसहित मार्कण्डेय, व्यास, बलि, हनुमान, परशुराम, कृपाचार्य, द्रौणी, प्रह्लाद र विभिषण अष्टचिरञ्जिवीहरुको पूजा गरिन्छ । सातकल्पसम्म जीवित रहने मार्कण्डेय आदि अष्टचिरञ्जिवी पूजा गरी दाजुभाइको दीर्घायुको कामना गरिन्छ । सप्तरंगी टिकामध्ये सेतो दागरहित, नीलो निरोगिता, पहेँलोे वृहस्पति गुरु समानको बौद्धिक तिक्ष्णता, शिवको पीताम्बको प्रतिक, हरियो प्रकृतिपरक, रातो सौभाग्य, ऐश्वर्यको प्रतिक हो । रंगका आप्mनै मौलिक विशेषताहरु वास्तुशास्त्रले स्पष्ट पारेको छ । मूलतः ददिबिहिनीहरुले दाजु भाइहरुलाई मखमली पूmलको नओइलाउने माला लगाइदिन्छन्, तेलको धारा नसुक्ने हुनाले यो अवधिभर कम से कम दाजुभाइहरुको अपशकून नहोस् भन्ने कामना गर्छन्, ओखर फोर्नुको अर्थ भयरहित दूर्घटनारहित जीवनको सन्देश हो । साइतको सन्दर्भ भने चन्द्रमा सामुन्ने बा दायाँ पारी जतिवेला पनि टिका लगाउन सकिन्छ, ठूलाबडाहरुलाई दिइएको साइत पर्खिराख्नु पर्दैन । तिहारको शुभकामना सबैमा ।


















