अमेरिकामा मंगलबार भएको राष्ट्रपति चुनावमा प्रारम्भिक नतिजा अनुसार डोनाल्ड ट्रम्पको अग्रता रहेको छ ।
ट्रम्पले १० राज्यमा जित हासिल गरेका छन् ।चुनावमा मुख्य प्रतिस्पर्धा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबिच रहेको छ । धेरै राज्यमा मतदान सकिएपछि मतगणना सुरु भएको छ । केही राज्यमा नतिजा आउन पनि थालेको छ । छवटा राज्यमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस विजयी भएकी छन् । ट्रम्पले इन्डियाना र केन्टकीमा जित हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस भर्मन्टमा विजयी भएकी छन् ।


















