धाडिङको आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किँदा ११ जना घाइते भएका छन् । मुग्लिन-काठमाडौं सडकखण्डमा पर्ने धादिङको आदमघाटमा बुधबार बिहान २ वटा बस आपसमा ठोक्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पृथ्वीलोकमार्गमा काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको बा ४ ख ४४७६ नं।को बस र विपरित दिशाबाट आउँदै गरेको बा ५ ख ३४९५ नं।को बस एक आपसमा ठोक्किएका थिए । सामान्य घाइतेलाई आदमघाट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र गम्भीर तथा मध्यम घाइतेलाई काठमाडौं ट्रमा सेन्टरमा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।















