३ कात्तिक, काठमाडौं । सान न्युजमा हामीले काठमाडौ चन्द्रागिरिको डाँडै खाएका चन्द्रप्रसाद ढकालको गिद्धे नजर अब ताप्लेजुङको पाथिभरामा परेको छ र उनले नेपालकै प्रमुख धार्मिकक्षेत्र पाथिभरालाई ढकालले आफ्नो कमाई खाने भाँडो बनाउन लागेको समाचार यस अधिनै प्रकाशित गरेका थियौ । पाथिभरा केबलकार निर्माणको नाममा उनले धार्मीक तथा सांस्कृतिक महत्व को क्षेत्रमा रजगज गर्र्दै छन भन्ने समाचार मात्र होईन स्थानीयको बिरोध छ समेत भनेका थियौ । दुई दशमलव दुई मिटर लामो केवलकार बनाउने क्रममा ढकालले लिम्बुहरुको धार्मिक आस्थाको केन्द्र मुकुम्लुङको समेत बिनास गर्ने भएका छन भनेका थियौ । जुन समचार आज पुष्टी भएको छ । आज ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार निर्माण गर्ने र नगर्ने विषयमा भएको विवादमा ढुंगा हानाहान हुँदा कम्तिमा तीन जना घाइते भएका छन् ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार, घाइते हुनेमा स्थानीय चन्द्र मादेन, दमोदार अधिकारी र कुमार लिम्बु छन् । उनीहरुलाई जिल्ला अस्पताल ताप्लेजुङ लगिएको शर्माले बताए । हामीले लेखेका थियौं ।पाथीभरा केबकार आयोजना आइएमई ग्रुप र चन्द्र ढकाल मात्रैको लगाानीमा हुदैछ । आइएमई ग्रुप भने पनि त्यो चन्द्र ढकालकै हो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्रप्रसाद ढकालले सरकारमा बस्नेलाई रकम खुवाउदै सार्बजनिक जग्गा लिजका नाममा कौडिको भाउमा लिने गरेका छन । भन्न त उनले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गा साबित हुने बताएका छन् । तर यो ताप्लेजुङ बासीलाई देखाएको ललिपप मात्र हो । पाथिभरा खाने चन्द्र ढकालको यो आयोजनाको समयमै बिरोध गर्नु आवश्यक छ ।
सम्पूर्ण सरोकारवालाले पाथीभरा केवलकारको नाममा नेपालकै प्रमुख धार्मिक्षेत्र पाथिभरालाई ढकालले आफ्नो कमाई खाने भाँडो बनाउन लागेकोले उक्त कार्यको बिरोध गर्नु पर्दछ । विगत केही वर्षदेखि पाथीभरा मुकुम्लुङको धार्मिक पर्यटनका कारणले पनि ताप्लेजुङको अर्थतन्त्र चलायमान भएको छ । पाथीभरा मुकुम्लुङमा बर्सेनि करिब ३ लाखको सख््यामा भक्तजनहरू जाने गरेका छन् । यहि कुरा बुझेका ढकालले केवलकारको नामका पछि पनि पाथीभरा मुकुम्लुङमा राखेका छन । यो लिम्बुहरुको आस्थाको सम्मान भन्दा पनि आस्था माथिको ब्यपार हो ।
पर्यटन प्रवद्र्धनसँगै स्थानियको आर्थिक विकास हुने ढकालले बताए पनि पाथिभरा केवलकार निर्माण ढकालको व्यक्तिगत फाइदाको लागि गरेकोमा भ्रम पर्नु जरुरी छैंन । यदी जनाताको लगानी भएको भए समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनाको योगदा हुुने थियो । अहिले उनको निजि लगानी र निजी फाइदा मात्रै हुने छ ।
पाथीभरा मुकुम्लुङ सबैको साझा आस्थाको धरोहर रहेको तथा सो शक्तिपिठमा नेपालको मात्र नभएर छिमेकी मुलुक भारत तथा विभिन्न मुलुकहरूबाट समेत त्यहाँका धेरै सम्प्रदायका नागरिकहरू दर्शन तथा पूजाका लागि आउने गरेकोले यसको संरक्षण गर्नुपर्दछ । ब्यक्तिको कमाइ खाने भाँडो बन्न दिनु हुन्न ।


















