सांसदहरु प्रहरीको खो#रमा

राष्ट्रको नीति निर्माण गर्ने काममा लाग्नु पर्ने सांसदहरु अहिले आफै प्रहरीको खोरमा परेका छन । बिभिन्न आरोपमा प्रहरीले अनुसन्धानमा तान्ने भए पछि उनीहरु भागभागमा परेका हुन । यति बेला गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद दीपक मनाङे (राजीव गुरुङ) ज्यान मार्ने उद्योगमा दोषी ठहर भई पक्राउ परेका छन । उनलाई चक्रे मिलनमाथि आक्रमण गरेर ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । यसमा सर्वाेच्च अदालतले उनलाई दोषी ठहर गरेको हो ।

साथै, मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभाका सांसद तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । अदालतबाट पक्राउको अनुमति पाएपछि अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । संगठित गिरोहमार्फत अवैध तरिकाले जापान गएका अधिकारीलाई त्यहाँको अध्यागमनले ४८ घण्टासम्म विमानस्थलमै राखेर नेपाल फिर्ता पठाइदिएको थियो ।

जान्नेलाई छान्ने नारा दिदै सांसद चुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रबि लामिछाने यति बेला सहकारीको रकम गोरखा मिडियामा मार्पmत हिनामिना गरेकोमा आरोपमा प्रहरी हिरासतमा छन । यसैगरी राप्रपाका प्रदेश सांसद गीता बस्नेत उपर पनि नवलपुरको छिपछिपे सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारि गरिएको छ । कावासोतीमा रहेको छिपछिपे सहकारीको १६ करोड ६९ लाख रकम हिनामिनामा संलग्नता देखिएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको हो ।

उता कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङमाथि मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना गरेको आरोप रहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ तथा सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध अनुसन्धान अघि बढाएको जनाएको छ । सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङसँग कांग्रेस नेता धनराजले २०७६ मै सम्बन्धविच्छेद गरेको भन्दै आफ्नो संलग्नता इन्कार गर्दै छन् । यसै गरी कोशी प्रदेशमा एमालेका प्रदेशसभा सदस्य राधाकृष्ण खनालका छोरा सुमन खनाल पनि सहकारी ठगीको आरोपमा पक्राउ परेका छन् ।प्रहरीले झापाको शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खनाललाई पक्राउ गरेको जनाएको छ । राधाकृष्ण खनाल एमालेबाट झापा क्षेत्र नम्बर ४ (१)बाट निर्वाचित भएका हुन् ।

त्यसगरी व्यापारिक पृष्ठभूमिका एमालेका समानुपातिक सांसद देवीप्रकाश भट्टचनसमेत सहकारी ठगीमा मुछिएका छन् । उनीविरुद्ध ९८ करोड ठगीको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौँमा परेको छ । प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले भट्टचनविरुद्ध जाहेरी दिएकी हुन् । उता नेकपा एमालेका सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र उनीकी श्रीमती जोडिएको धनपालथान गाउँपालिका वडा नम्बर –४ मा रहेको श्री उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा १० जनाविरुद्ध पक्राउपुर्जी जारी भएको छ ।

अहिले सहकारीको छानविन ओझेलमा पारिएको छ । लहरो तान्दा पहरो जाने डरले एमाले ्रकाग्रेस संयुक्त सरकार बिषायन्तर गर्न खोज्दै छ । भनिन्नछ सहकारीको निष्पक्ष छानबीन हुने हो भने एमाले काग्रेसका प्रमुख नेता कोही पनि बाहिर हुने छैनन । सहकारीमा गएको कालोधन र कालोधनका संरक्षकहरुका कारण सहकारीको छानविन ओझेलमा परेको बताईन्छ । ्यसरी सरकार एकपछि अर्काे काण्डमा फस्दै छ । जनताको आक्रोस थेग्न सक्ने सार्मथ्य बर्तमान सरकार संग छैन । त्यसैले मुद्धा बिषयान्तरको प्रयास भईरहेको छ । हेरौ जनताको शालिनता र धैर्यताको बाँध कहिले सम्म रहन्छ । जुन दिन बाँध फुट्छ अर्काे बंगालादेश प्रकरण दोहोरिन बेर छैन ।