भाद्र शुक्ल चतुर्र्थीलाई गणेशको जन्मदिनको रुपमा मान्ने चलन छ । यो दिनलाई शिवा भनिन्छ । माघ शुक्ल चौथीलाई भने शान्ता भनिन्छ र हरेक मंगलबारको चौथीलाई भने सुखा भनिन्छ र यी यस्ता दिनहरु विशेष वन्दनीय छन् । अन्य दिनमा गरिएका हजारौँ पुण्य कर्म बराबरको फल यस्ता दिनको एकैक्षणले प्राप्त हुन्छ । यसैे मंसिर ४ गते मंगल चौथी परेको छ । माता पार्वतीले आफ्नो शरीरको मयलबाट गणेशको उदय गराइएको र पछि पिता शिवको कोेपभाजन हुँदा शिरच्छेदन भएको र माता पार्वतीको शोक निवारण गर्न हात्तीको टाउकोले उनलाई जियाएको कथा प्रसंगहरु छन् । पछि गणेशजीकै व्रतबाट पार्वती माता र सबै देवताको कष्ट निवारण भएका प्रसंगहरु पुराणहरुमा पाइन्छन् ।
गणेशका ठूला कान छन् जसले हामीलाई अरुको कुरा धेरै सुन्नु पर्ने संकेत गर्छ, तर प्रतिक्रिया दिने कम गर्नु पर्छ । उनमा भएको ठूलो पेटले संसारका सबै प्राणी जति खाए पनि नअघाउने संकेत गर्छ तर मानिसले थोरै र सात्विक आहार गर्नु पर्ने संकेत मिल्छ । उनका आँखा साना छन्, हात्तीका आँखा साना भए पनि सूक्ष्म सियो पनि उसले सजिलै देख्छ । हात्ती हेर्दा आकारले ठूलो छ तर सामान्य माउतेको अधीनमा हुन्छ । यसको तात्पर्य हामीले अरुलाई ठूलो देख्नु पर्छ, समाजमा आफू सानै देखिएर पनि प्रगतिमा अग्रसर हुन सकिन्छ भन्ने संकेत हो, बडप्पन गर्नु हुन्न । बाँगो सूँडले सबैलाई समिचीन रुपमा हेर्नु पर्छ भन्ने हो । आगह्र पूर्वाग्रहको दृष्टिले हेर्नु हुँदैन । गणेशका आँखा साना छन् तर संसार हेर्ने दृष्टि साहृै ठूलो छ । बाहन मूसो हो र पनि मयुर बाहक कुमारभन्दा प्रतिश्पर्धामा खरो उत्रन्छन् श्रीगणेश, आमा बाबुको सेवागर्नु भनेको संसारको विजय गर्नु हो भन्ने संकेत मिल्छ यसबाट । मोहलाई नाश गर्नु भन्ने पनि हो ।
आफ्नो ह्याउ हेरेर काम गर्ने, घाँटी हेरी हाड् निल्ने अरुको धेरै नक्कल नगर्ने, सादा जीवन उच्च बिचार पनि हो । गणेशको शरीरमा भएका मालाले मानिसले गर्ने हरेक दिनको सुकर्मको गिन्ती गर्न सिकाउँछ, हामीले हरेक दिन कति राम्रो काम गर्न सकियो त्यही नै हाम्रो सम्पत्ति होे भन्ने सिकाउँछ । देवताका गलामा लागेका अक्ष मालाले हामीले पुण्यलाई अक्षय गर्न भनिएको हो । दे उता अर्थात् यता होइन, उपकार गर अरुलाई देऊ को अर्थ नै देवता होे । आप्mनो मात्र सोच्ने जिन्दगी राक्षसी हुन्छ, पशुवत् हुन्छ, मानिस आफैँ देवता हो ।
यसले जति परोपकार अरु कसैले गर्न सक्दैन । प्राचीन, अर्वाचीन मात्रै होइन सत्ययुगदेखि नै तपोपुरीको नामले चिनिने नेपालको मुख्य स्थल काठमाडौँको चारै दिशामा सूर्य विनायक, कार्य विनायक, अशोक विनायक र चन्द्र विनायकले यस नगरीलाई संरक्षण दिएका छन् । स्थान विशेषमा गणेशको मन्दिर, मूर्ति मुलुकभरि यत्र तत्र नै छन् । हनुमती, वागमती, विष्णुमती एवं रुद्रमती साक्षी स्वरुप बग्ने चार नदी यी चारै गणेशका स्थलहरु हिजो आज प्रदूषित छन् । यसमा थप अध्ययन अनुसन्धान हुन जरुरी छ । यी लगायत नेपालमा रहेका असंख्य प्रसिद्ध देवदेवी स्थलहरुवाट हामीले वाह्य पर्यटनलाई समेत प्रसस्त टेवा, सेवा गर्न सक्छौँ । विश्वका सभ्य र विकसित क्षेत्रमा जे छैन त्यो हामी कहाँ छ यसलाई हामीले गौरव मान्नुपर्छ, नष्ट हुन दिनु हुँदैन ।
मानिसलाई नैतिक र चारित्रिक बनाउने हाम्रो पूर्वीय दर्शनशास्त्रका अधिकांश रचनाहरुका मूल लेखक श्रीगणेश नै हुन् । पूर्वीय धर्म संस्कतिमा कुनै पनि कार्य सिद्धिका लागि मङ्गलाचरण गर्ने गरिन्छ । वाणीका देवता श्रीगणेशलाई स्मरण गर्नाले निर्विघ्नतापूर्वक कार्य सम्पन्न हुने र मानिसका इच्छा सिद्धि हुने विश्वास गरिन्छ । माघशुक्ल, असारशुक्ल र मंगलबार सहितको चतुर्थीलाई मानिसका लागि क्रमश : मनको शान्ति र शरीरको सुखको प्रतीकका दिनका रुपमा लिइन्छ । त्यस्तै मंगलबार युक्त चौथी परेको मङ्गलचौथीले जीवनमा असीम आनन्द प्राप्त हुने गर्छ । वर्षमा कहिलेकंही मात्र पर्ने यस्तो पर्वको विशेष महत्व छ ।गणेश उपासना गर्दा धेरै मन्त्र जप गर्न सकिन्छ मूल मन्त्र : भने ॐ एक दन्ताय विद्महे बक्रतुण्डाय धीमहिस् तन्नो दन्ती प्रचोेदयात् हो । सबैलाई सजिलो मन्त्र भने : ॐ गं गणपतये नम : हो ।
तनाव, क्रोध, आवेग एवं रक्तचाप र अशान्ति मेटाउन पनि र कलहका कारक मंगलग्रहको दोष निवारण हेतु पनि श्रीगणेशको उपासना गर्नु पर्छ । २१ वटा मगलबारको व्रतले मंगल दोष निवारण हुन्छ । ज्योतिष शास्त्रअनुसार जन्म कुण्डलीमा मंगलदोष, बालग्रह, अरिष्ट शान्ति, त्रिभागी एवं योगीनी दशा शान्ति गर्न पनि मंगलबार श्रीगणेशको विशेष पूजा आराधना गर्नु पर्ने हुन्छ । २१ दुवो, २१ लड्डू, रातो बस्त्र, रातो फूल सहित गणेशजीको उपासना गर्नाले मानिसको स्थूल शरीर र यसैको सूक्ष्म शरीर मनको विकार नाश हुन्छ । व्रतमा गहुँको परिकार र शख्खरको सेवन राम्रो मानिन्छ । यसो गर्दा शरीरका बिकार नाश भई तेज वृद्धि हन्छ । विध्नेश, हेरम्व, गजानन, सुर्पकर्ण, विनायक, लम्वोदर, एकदन्त र गणेश गरी तिनको ८ नाम मुख्य छन् भने गणेशका हजार नाम लिई मन्त्र जप र हवन कार्य गर्नाले जुनसुकै कडा रोग पनि निको हुने विश्वास गरिन्छ । सवैजसो पूजामा अग्रपूजाका अधिकारी श्रीगणेश नै हुन् । जीवनको सुख, सौभाग्य, कीर्ति, यश, पराक्रम, धन र मनोवल प्राप्त गर्न गणेशकै आशीर्वाद आवश्यक छ । मानिसको शरीर भनेको पञ्चतत्वको पिण्ड हो ।
प्रकृतिका पाँच तत्वले बनेको शरीर संरक्षणमा पाञ्चायन देवता शिव–विष्णु–देवी–सूर्य र गणेशको प्रमुख देन रहेको हुन्छ । शिव ज्ञानका प्रतीक, विष्णु शरीर सन्चालनका प्रतीक, देवी शक्तिको प्रतीक, सूर्य आत्माको प्रतीक र गणेश वाक् शुद्धि, वाणीका प्रतीक हुन् । कोमल हिर्दय र मधुर वाणीका लागि गणेशको सेवा गर्नु पर्छ । आनन्दको अर्को नाम नै ईश्वर हो चाहे गणेश, शिव, विष्णु बुद्ध वा अल्लाह जे भने पनि १ निश्चित नियम, आचरण र संकल्पको साथ सेवामा समर्पित हुन प्रेरणा दिने पूर्वीय धर्म, संस्कृतिकोे जरो हाम्रो मुलुकमा वैदिक चिन्तनको अथाह भण्डार रहेको छ, केवल संरक्षण यहीँबाट गरिनु पर्छ । विवेश भौँतारिएर ईश्वर खोज्ने हाम्रो बानीमा सुधार आबश्यक छ ।


















