सहकारी पीडितहरुले थाल्यो विरोध प्रदर्शन

सहकारी पीडितहरुले आज राजधानीमा विरोध प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को आयोजनामा पीडितहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले उपत्यकाका सोह्रखुट्टे, चाबहिल, गठ्ठाघर, पुल्चोकबाट र्याली निकालेका थिए । सो र्याली माइतीघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनकारीहरुले ‘हामी सहकारी बचतकर्ताको पौने ३ खर्ब रुपैयाँ लुटियो गुहार, गुहार १ पाकेन भात सहकारी पीडितहरुको चुलोमा, न्याय मर्यो सरकार तिमी छौ कुन दुलोमा, नेपालभरीका सहकारी पीडितहरु एक हौं’ लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।