अवैध लागूऔषध सहित दुई जना पक्राउ

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम सहित झापा भद्रपुर नगरपालिका–७ बस्ने २१ वर्षीय ईन्द्र राजवंशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा रलागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा–प्र–०१–००६ ख ५२३७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३ ट्याब्लेट सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ बस्ने २१ वर्षीय जीवन शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सुनौलीदेखि काठमाडौंतर्फ आउँदै गरेको लु१ ख ०१०७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ

गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।