अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग द्रुत गतिमा सम्झौता भएमा आक्रमण रद्द गर्ने घोषणा गरेका छ । सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले होर्मुज जलमार्ग तत्काल खोल्ने र इरानको आणविक कार्यक्रमबाट उत्पन्न खतरा अन्त्य गर्ने विषयमा छिटो सम्झौता भए आक्रमण नगर्ने निर्णय गरिएको बताएका हुन् । उनले यो निर्णय इजरायलसँग समन्वय गरेर लिइएको जिकिर गरेका छन् ।
इरानले यसअघि अमेरिकामाथि क्षेत्रीय तनाव चर्काएको आरोप लगाएको थियो । अमेरिकालाई सहयोग गर्ने कुनै पनि क्षेत्रीय राष्ट्र युद्धको ज्वालामा भस्म हुने इरानले चेतावनी दिएको थियो । ट्रम्पले अमेरिका इरानको इस्लामिक गणतन्त्रविरुद्ध दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो सैन्यशक्ति प्रयोग गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख गरेका छन् ।
तर, इरान र पश्चिम एसियका अरू देशले सम्भावित आक्रमण रोक्न र कूटनीतिक समाधान खोज्न आग्रह गरेपछि आफूले हमलाको योजना स्थगन गरेको उनले बताएका छन्।


















