धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता जारी

धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जना उम्मेदवारको अन्तर्वार्तामा जारी छ।

सिफारिस समितिको छनोटमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईं र कृष्णबहादुर कार्की बोर्ड अध्यक्षको अन्तरवार्तामा सहभागी छन। आइतबार बिहान उनीहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वाताको लागि बोलाइएको थियो।

अध्यक्ष पदमा करिब १९ जनाको आवेदन परेको भए पनि छानिएका पाँच जनामध्ये तीन जना सहभागी भएको हो ।धितोपत्र ऐनअनुसार अन्तिम सिफारिसमा परेका तीन जनामध्ये एक जनालाई अर्थमन्त्रीले बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने व्यवस्था छ।मन्त्रिपरिषद्को सिफारिसमा नै एक जना बोर्डको अध्यक्ष बन्ने छन्।