‘लाज शरणम्’को दोश्रो चरणको छायांकन सुरु

मंगलबारदेखि विजय बरालको ‘लाज शरणम्’को दोश्रो चरणको छायांकन सुरु गरेका छन् ।
काठमाडौंको माइतीघरस्थित खाद्य गोदामबाट दोश्रो चरणको सुटिङ सुरु गरेका हो । हालसम्म सिनेमाको ९५ प्रतिशत छायांकन सकिएलको जानकारी निर्माणपक्षले दिएको छ । सिनेमाको निर्माण टिमले छायांकनमा निस्कनु अगावै फागुन १४ गते महाशिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरेको थियो ।
सिनेमामा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै  अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राराई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहनेछ ।