उपनिर्वाचनः झापा कन्काई-६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी

झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएको छ ।
आइतार भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीले चार सय ९३ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए।
उनका अनुसार नेकपा (एमाले) का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे ।
यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा ९एमाले० का दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित भएको थियो ।
कन्काई–६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिए ।