राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भर्खरै भएको टसमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका छन् । विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने आज पहिलो खेल हो ।
दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।


















