राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ ।
चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा गत मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएपछि बयानका लागि त्यहाँ लगिएको हो ।
उनलाई काठमाडौंबाट पक्राउ गरेर कास्की पुर्याइएको थियो ।यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान लिएको थियो ।


















