बढ्यो सुनको मूल्य

साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसा आज छापावाला सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी आज तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।