करिब १ सय ७५ किलोग्राम गाँजा सहित दुई जना पक्राउ

मकवानपुर,को हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेक प्वाईन्टस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७५ किलोग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बकैया गाउँपालिका-४ बस्ने २४ वर्षीय सुमन लामा र हेटौंडा उपमहानगरपालिका-११ कालिदमार बस्ने २४ वर्षीय सुशिल भोलन रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र.०३-००१ च १५८४ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा पिकअपको ढालामा खाली क्रेटले छोपी लुकाई छिपाई ल्याएको ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला  पारी चालक सुमन र गाडीमा सवार सुशिललाई पक्राउ गरेको हो ।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।