इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ । आज ९बिहीबार० राणाको निधन भएको हो ।उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनी प्रेसर लो भएर अस्पताल भर्ना भएका थिए । यहि चैतमा राणा सय वर्ष पुग्दै थिए । राणाले लेखेका प्रख्यात किताबहरु धेरै छन् । त्यसका केही उदाहणहरुमा श्री ३ हरुको तथय वृत्तान्त, कुनेछिपेका प्रतिभाहरु, जंगबहादुर राणा, मेरा जीवनका स्मृतिहरु आदि पर्छन् ।


















