रवि लामिछानेलाई कास्की अदालतमा पेस गरिएको छ ।
गत कात्तिक २ गते रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी,सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
लामिछानेलाई पुनः म्याद थपको तयारी गरिएको छ ।
उनलाई कास्की प्रहरी हिरासतमै रहेका बेला बुटवल, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो ।




















