एमाले अँन्ध्यरा नगरीको चौपट राजाकै बाटोमा

 

एउटा अँन्ध्यरा नगरी नाम गरेको नगर थियो जहाँका राजाको नाम चौपट थियो । एक दिनको कुरा हो, एक जना गुरू र उनका शिष्य हिड्दै जाँदा एउटा नयाँ शहरमा पुगे । त्यो शहर त्यही अँन्ध्यरा नगरी थियो । गुरू र उनका शिष्य त्यहाँ पुग्दा उनीहरुले देखे त्यहाँ त सबैचिज अत्यन्तै सस्तोमा पाईन्थ्यो । सबैको भाउ पनि समान थियो । यानिकि त्यहाँ एक रुपैयाँमा एक किलो साग वा सुन जे किने पनि पाईन्थ्यो । सबैचिजको भाउ एक समान थियो । त्यसमा कत्ति पनि तलमाथि थिएन । नयाँ शहरमा यो अचम्मको माहौल देखेर शिष्य बहुत खुशी भयो । उसलाई त्यहाँको माहोलले अत्यन्तै आनन्दीत तुल्यायो । तर गुरुलाई त्यो माहोल कत्ति पनि ठिक लागेन उनले भने बावु शिष्य यहाँ धेरै समय बस्न हुदैन हिडिहालौ । गुरुले भने बाबु यहाँका राजा धेरै मुर्ख रहेछन । किनकि राजाले गधा र घोडा यानिकि बुद्धिमान र मुर्ख सबैलाई बराबर सम्झन्छन । एक किलो साग वा सुनको बराबर भाउदिन्छन ।
अर्थात यो त्यस्ता राजाको नगरी रहेछ, जहाँ राजले भने भने दिन लाई रात र रात को दिन मान्नु पर्ने हुन्छ । त्यसैल जति सक्यो छिटो यो शहर छाडेर अर्काे शहारमा जानु पर्दछ नत्र कुनै पनि बेला ठुलो झमेलामा फंस्न सकिन्छ । हो यति बेला एमाले भित्रका ईमान्दार र लोकप्रिय नेताहरु एमाले पार्टी नेतृत्वले त्यही अँन्ध्यरा नगरीका राजा चौपटले जस्तै ब्यबहार गरेको बताउछन । हुनत यो समस्या एमालेमा मात्र होेईन सबै दलमा छ र देशमै छ । तै पनि एमाले जनहरु भन्ने गर्दछन, यतिबेला एमालेमा जनताको बिचमा गएर चुनाब जितेर आउने सांसद र वडामा समेत चुनाब नलडेका बिष्णु रिमाल लगायतका नेता र चुनाब लडे पनि जित्न नसकेका शंकर पोखरेलको मुल्यमा कुनै फरक छैन । जनप्रिय भन्दा नेता प्रियको बढी भाउ छ । चुनाबै नलड्ने चुनाब लडेर हारेका र जितेकको उस्तै समान भाउछ । साग किन्ननुस कि सुन दुबैको एक टक भने जस्तै चुनाब हारोस कि जितोस पार्टी अध्यक्षको निकट भए पछि समान भाउ दिनु हुन्छ चौपट राजाले जस्तै ।
अनि कथामा गुरु हिडे पछि के हुन्छ त ? त्यस पछि कथा यसरी अगाडी बढ्छ । जति सक्यो छिटो शहर छाडेर अर्काे शहारमा जानु पर्दछ नत्र कुनै पनि बेला ठुलो झमेलामा फंस्न सकिन्छ भन्ने गुरूको कुरा शिष्यलाई मन परेन । उसले गुरुलाई भन्यो गुरु मलाई त यही अत्यन्त आनन्द लागेको छ । गुरु हजुरलाई मन परेन भने हजुरमात्र जानुस । शिष्यको यस्तो कुरा सुने पछि गुरुले निकै सम्झाए तर शिष्यले मानेन । त्यस पछि गुरु त्यहाँबाट एक्लै हिडे ।एमालेका नेताहरुले भन्छन अहिले एमालेमा धेरै नेताहरु छन जो त्यही गुरुको शिष्य जस्तै अँन्ध्यरा नगरीमा आनन्द मानेर बसेका छन । माधब नेपालले छाड्दा भिम रावल र अष्टलक्ष्मीहरु मात्र होईन सुरेन्द्र पाण्डेहरुले पनि त्यसै गरे । कथामा त्यसपछि के हुन्छ ? त्यस पछि गुरु एक्लै हिडे उनलेजाँदा जाँदै शिष्यलाई भने बाबु म संग जाने वा बस्ने त्यो तिम्रो ईच्छाको कुरा हो अहिलेलाई भने म हिडे कुनै दुःख प–यो भने मलाई सम्झनु , तिम्रो सहयोगको लागि म आउने छु । त्यस पछि शिष्य आनन्दले मिठो मिठो खायर बस्यो । मोटाएर गर्दन पनि मोटो भयो ।
एक दिनको कुरो शहरमा अचानक घनघोर बर्षात भयो । बर्षातका कारण शहरको एउटा घरको पर्खाल भत्कियो पर्खाल भत्किदा त्यसले च्यापेर एउटा बाख्रो मर्याे। त्यस पछि बाख्राको मालिकले चौपट राजा समक्ष ऊजुरी दियो । उसले भन्यो महाराज भत्किएको पर्खालले च्यापेर मेरो एउटा बाख्रो मर्याे । पर्खाल धनीलाई कारबाही गरि पाउँ । राजाले सोधपुछको लागि पर्खाल धनिलाई बोलाए र सोधे ? राजाले भने तिम्रो घरको पर्खाल भत्किदाँ पर्खालले च्यापेर एउटा बाख्रो मर्याे ,अब तिमीलाई यसबापत सजाए हुन्छ ।राजाको यस्तो कुरा सुने र पर्खाल भत्किएको घरको मालिक घबरायो । उस्ले हात जोडेर राजासंग बिन्ती ग–यो । महाराज यसमा मेरो केही दोष छैन, यो पर्खाल बनाउने मिस्त्रीको दोष हो । उस्ले राम्रोसंँग पर्खाल नबनाएकोले बर्षादले पर्खाल भत्कियो । त्यपछि राजाले पर्खाल लगाउने मिस्त्रीलाई बोलाए र भने तिमीले कस्तो कमजोर पर्खाल लगायौ, पर्खाल राम्रोसंग नलगाएकोले पर्खाल भत्कियो र त्यसले च्यापेर एउटा बाख्रो मर्यो अब तिमिलाई यसबापत फाँसिको सजाए हुन्छ ।
यो सुनेर मिस्त्री एकदमै घबरायो र भन्यो राजन् यसमा मेरो गल्ति छैन । महाराज यसमा मसला बनाउने को गल्ति हो । मसला बनाउनेले राम्रो संग मसला नबनाएकोले पर्खाल भत्कियो राम्रोसंग मसला बनाएको भए पर्खाल लड्ने थिएन र बाख्रो पनि मर्ने थिएन । राजालाई उसको कुरा ठिकै लाग्यो ,त्यस पछि राजाले मसला बनाउने ब्यक्ति बोलाएर भने तिमिले कमसल मसला बनाएकोले पर्खाल भत्कियो र पर्खालले च्यापेर एउटा बाख्रा मर्याे अब तिमिलाई यसबापत फासिको सजाए हुन्छ । तिमी काम चोर हौ । यो सजाए सुनेर मिस्त्री भक्कानो छाडेर रोयो तर राजाले आफ्नो फैसला फेरेनन ।त्यस पछि उसलाई फाँसि दिन लगियो । राजाको फौजले उसलाई फाँसि दिन तयार गरे तर ऊ दुब्लो भएकोले फांसिको फन्दा उसको घाँटीमा ठुलो भयो । फौजले यो कुरा राजा समक्ष जाहेर गरे त्यस पछि राजाले भने जसको घाँटी मोटो छ उसलाई ल्याएर फासि दिऊ ।
राजाको आज्ञा पछि राजाका सिपाइ मोटो गर्दन भएको ब्यक्तिको खोजीमा निश्कीय । सिपाईल बाटोमा गुरुको चेला भेटाए । उसलाई समाएर सिपाईले उसको गर्दन नापे ठिक्क भयो । त्यस पछि सिपाईले उसलाई समाएर फासिमा चढाउन भने र दरवारमा ल्याए । जब फासिमा चढाउने तैयारी हुदै थियो मुर्ख शिष्यले आफ्नो गल्ति नभएको भनेर राजाका सामु भन्यो तर राजाले उसको पुकार सुनेन ।र भने फासिको सजाए सुनाई सकियो यो फिर्ता हुदैन । मिस्त्रीे घाटी सानो भयो तिम्रो ठिक्क छ यसमा तिमिनै चढ्नु पर्दछ । एमाले बृतमा चर्चा छ भिमरावल देखि स्थायी कमिटी सदस्य बिन्दा पाण्डे , केन्द्रीय सदस्य तिमिल्सीना , लुम्बिनी प्रदेश सभासद दुर्गा प्रसाद चौधरीलको हालत यस्तै छ । त्यतीमात्र होईन देशकै अवस्था त्यस्तै छ ।
उता कथमा राजाको आदेश सुनेर चेला बहुत घबराउछ । मृत्यु उसको सामुन्नेमा थियो । त्यस पछि उसले गुरुको कुरा सम्झीयो कुनै दुख पर्याे भने मलाई सम्झनु तिम्रो सहयोगको लागि म आउने छु भनेको ।
उसले मन मनै आफ्नो गुरु सम्झीयो । सम्झदा साथ गुरु अगाडी देखिए । गुरुले कुरा बुझि हाले । उनी सरासर दरवारमा गएर राजालाई भने महाराज चेलालाई होईन मलाई झुण्डाउनुस किनकि यो समयमा फाँसिमा झुण्डिएर मर्ने सिधै स्र्वगमा जान्छ । अत्यन्त शुभसाईत छ । उसले मुक्ती पाँउछ । गुरुको यो कुरा सुनेर राजाले भने हे गुरुबर त्यस्तो शुभसाईत छ भने म आफै फाँसिमा चढ्छु । त्यस पछि राजाले सैनिकलाई हुकुम दिए फाँसिको फन्दा उतार युवक लाई होईन मलाई चढाउ । राजाको आदेश पछि सैनिले राजालाई फाँसिमा लड्काय । एमाले नेतृत्वले लिएका छिमेक नीति देखि बाम एकताका बिरुद्धका गतिबिधि राजको स्र्वग जाने चाहना जस्तै भएको एमाले बृतमा चर्चा छ र अनी बिद्या भण्डारीले गुरुको भुमिका निर्वाह गर्नु पर्ने पक्षमा छन । कथामा चौपट राजा अफ्नो मूर्खताका कारण मृत्युको काखमा पुगे । एमाले नेतृत्वले एमालेलाई चौपट राजाकै बाटोमा लाँदै छ । चुनाब नलड्ने र चुनाब जित्ने बिच भेद छैन । मुर्ख शिष्य जस्तै नेतृत्वका वरीपरि बस्नेहरु खाएर मोटाई रहेका छन, कहिले तिनीहरुको गर्दन नापिने हो थाहा छैन । अनि पार्टीलाई स्र्वग पुराउने हरुलाई कस्ले सम्झाउने हो थाहा छैन । यसबाट बचाउन कोही गुरुको भुमिकामा खडा हुनै पर्दछ । त्यो पात्र बिद्या भण्डारी हुन सक्ने एमाले बृतमा चर्चा छ ।