भानुआटुमा भूकम्पका कारण १४ जनाको मृ#त्यु

भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्पमा परी २ सय जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । भानुआटु प्रहरीले सात दिनका लागि ‘आपत्कालीन अवस्था’ लागू गरिएको जनाएको छ।

मानिसहरूको आवतजावतलाई सीमित गर्नको लागि यो गरिएको हो । भानुआटु दक्षिण प्रशान्त क्षेत्र मा ८० साना टापुहरूको एक देश हो। यो फिजीको पश्चिम र अस्ट्रेलियाको पूर्वमा अवस्थित छ।