नेपालमा भारतीय धार्मिक पर्यटक बढाउन पहल गर्नु पर्ने नेपाल भारत मैत्री संगठनका पदाधिकारीको जोड

नेपाल भारत मैत्री संगठनको काठमाण्डौ सम्मेलन यहि २०८१ पौष २ गते काठमाण्डौंमा सम्पन्न भएको छ । काठमाडौ महानगरपालिकाका पुर्व मेयर राजाराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको अध्यक्षता नेपाल भारत मैत्री संगठनका अन्तराष्टिय अध्यक्ष अनुप कुमार सिंहको अध्क्षता मा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गदै अन्तराष्टिय अध्यक्ष सिंहले नेपाल र भारत बीच विशेष धार्मिक एवं सांस्कृतिक सम्बन्ध रहेको बताउदै नेपालको मुक्तिनाथ मन्दिरमा भारतका प्रधानमन्त्रि नरेन्द्रमोदीलाई दर्शनको निम्ती ल्याउन आफुहरुले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतीथि काठमाडौँ महनगरपालिकाका पुर्व मेयर राजराम श्रेष्ठ विशेष अतिथि एवं पुर्व मन्त्री कुन्ती शाही र नेपाल जनता पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन आर्चायले नेपालमा भारतबाट धार्मिक पर्यटक भित्राउन सकेमा नेपालको आर्थिक सम्बृद्धिमा योगदान पुग्ने बताउनुभयो ।

त्यसै गरि कार्यक्रमलाई सम्बोधन गर्दै कोषाध्यक्षमा साबित्रा क्षेत्रीले हिन्दु र हिन्दुत्वको बढवाका निम्ती नेपाल र भारतका हिन्दुहरु मिलेर अगाडी बढ्नु पर्ने बताउनुभयो । सो कार्यक्रमको सञ्चालन सम थापाले गर्नु भएको थियो ।सम्मेलनले नयाँ कार्य समिती समेत चयन गरेको छ । समितीकोअध्यक्षमा निर्मला श्रेष्ठ ,उपाध्यक्षहरुमा, सुधा जोशी, दिलमाया तामाङ, ज्योति बानिया सचीवमा सुरेन्द्र पाण्डे, सहसचीवमा करुणा धमला कोषाध्यक्षमा .साबित्रा क्षेत्री, सहकोषाध्यक्ष अध्यक्षमा निरा थापा र सदस्यहरुमा अस्मिता राई,सुमिना श्रेष्ठ, श्यामसुन्दर बलामी, आकृति राणा, रोजि भण्डारी, कृष्ण गौतम, रामकृष्ण बिसि, अन्जु केशी श्रेष्ठ, केशब अर्याल,खुशिला श्रेष्ठ, बिजेन्द्र महर्जन, सुनिता श्रेष्ठ डंगोल, अमिना सिलाकार र संकर पाण्डे रहनुभएको छ ।