बिहीबार बिहान ७:३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरूङले भूकम्प गएको तर त्यसले क्षति पुगेको भन्ने सूचना अहिलेसम्म पालिकाका कतैबाट नआएको बताएका छन्।
बुधबार बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो। बझाङलाई नै केन्द्रबिन्दु बनाएर मंगलबार दुई पटक भूकम्प गएको थियो।



















