मन्त्रिपरिषद बैठक १ बजे बस्दै

आज मन्त्रिपरिषदको बैठक दिउँसो १ बजे बस्ने भएको छ।

मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल गर्ने तयारी छ ।हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो । प्रधानमन्त्री ओलीको विहीबार त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी गरिएको थियो ।