ब्रतबन्ध: सामान्य जानकारी
चूडाकर्मबाट व्यक्तिलाई यश प्राप्त हुनेहुँदा बद्धशिखाद्वारा गरिएको कार्यले शुभफल दिन्छ । वृहस्पति सिंहराशिका बखत चूडानिषेध, माता रजस्वला भए त्यस पछि र गर्भवती भए पाँच महिनाभित्र चूडो गर्नु हुने विधान छ । सामान्यतया पुत्रीको पनि चूडो गरिनुपर्ने नभए बिबाहका समय त्यसको प्रायश्चित गर्नुपर्ने कुरा धर्मसिन्धुले स्पष्ट पारेको छ । स्त्रीको बिबाहका वखत वैदिकयज्ञमा दीक्षासमेत लिई ब्रतबन्धको संस्कारलाई बिबाहको रुपमा स्वीकार गरिन्छ । बालक केवल घरको मात्र नभएर समाज र राष्ट्रकै एक होनाहार, योग्य, कुशल व्यक्ति होस् भनी गुरुको आशीर्वचनका साथ संस्कारमा आवद्ध गराउने एकविशेषपर्व नै हो ब्रतबन्ध । गुरुलाई विद्याका खानी वृहस्पति समान रुपमा हेरिन्छ । विद्या, बल, आयु, तेज वृद्धिका लागि र सुयोग्य नागरिक तयार पार्ने क्रममा बतबन्ध संस्कारलाई लिइन्छ । कौटिल्य, चाणक्य, विष्णुगुप्त जस्ता विद्वान्हरु गुरुकुलबाटै शिक्षित, दीक्षित र प्रशिक्षित भएका हुन् । विद्यालयमा, महाविद्यालयमा नैतिक र चारित्रिक विद्यार्थी तयार पार्न घरको संस्कार त्यसमाथि ब्रतबन्धको संस्कारले अहं भूमिका निर्वाह गर्छ ।
ब्राह्मणको ब्रतबन्ध ८ वर्षमा, क्षेत्रीयको ११ वर्षमा, वैश्यको १२ वर्षभित्र शुभ मानिन्छ । सो समयभित्र हुन नसके क्रमश: ८–१६, ११–२२ र १२–२४ सम्म पनि मध्यम मानिएको छ । ब्रतबन्धका लागि चैत्रदेखि आषाढ अर्थात् मिनराशिका सूर्यदेखि मिथुनराशिका सूर्यसम्मलाई उत्तम मानिन्छ । सर्वोत्तमचाहिँ मिनका सूर्य चैत्रलाई मानिन्छ । जन्ममहिना नै भए पनि ब्रतबन्धका लागि रिक्तातिथि (४,९,१४) कृष्णपक्षका एकादशीदेखि औशीँसम्म र क्षयतिथि निषेध छ । नक्षत्र भने भरणी, कृतिका, मघा, विशाखा, जेष्ठा, शतभिषालाई निषेध गरिएको छ । त्यस्तै प्रदोषकाल, अपराह्न र रात्रि एवं शनिबार पनि निषेध छ । एक वटुकका लागि एक आचार्यद्धारा ब्रतबन्ध गर्नु उत्तम हो । आचार्य भिन्न भए सहोदरबाहेक अरुको पनि ब्रतबन्ध गर्न सकिन्छ । हिजोआज चलेका सामुहिक ब्रतबन्ध वैदिकविधिसम्मत छैन । यज्ञ अनुष्ठानहरुमा ब्रतबन्धआदि कार्यले पनि ब्रतबन्धको मूलमर्मलाई खिच्न सत्तैmन । विधिपूर्वक लिइएको ब्रह्मसूत्र (जनै) ले ब्रह्मतेज प्राप्ति हुन्छ । अत्यावश्यक पर्दा पनि जनै त्याग गर्नु हँुदैन । झुक्किएर त्यागिएमा १ हजार गायत्रीमन्त्र जपेर पुन: लगाउनु पर्ने हुन्छ ।
सार्थक जीवन मानिसकोे लक्ष्य
सबैको इच्छा आदर्श जीवन जिउने हुन्छ तर कसरी ? समाजमा प्रश्न गर्ने धेरै हुन्छन्, उत्तर दिने कम ! सपना देख्ने धेरै हुन्छन्, साकार, सुकर्म गर्ने कम ! उत्तरसँगै उपदेश दिने धेरै होलान् तर उदाहरण बन्ने कम ! अँग्रेजीमा एउटा उखान छ १० उपदेश बराबर एक उदाहरण ठूलो हो । व्यक्तिमा विवेक छैन भने नियम, कानुन, ऐन, संविधानले के काम गर्छ र ? दर्शन त अमूर्त हुन्छ जीवन दर्शन बुभ्mन व्यवहारिक हुन जरुरी छ । दर्शनको चित्रलाई ज्ञानले हेर्ने र ज्ञानले विज्ञानलाई हेर्नु पर्ने हुन्छ । विज्ञानको दुरुपयोग भएर कोरोना आएको थियो, कोरोनाले विज्ञानलाई अत्याएको थियो ।
उपदेश र अर्तीले भान्सा तयार हुन्न यसलाई सर सामग्री चाहिन्छ, जुन आफै फल्दैन, श्रम, मिहिनेत गर्नु पर्छ, धम्क्याउन बाबु आमालाई सकिन्छ अरुलाई होइन । जीवन कुनै उपन्यास होइन, यथार्थको कथा हो, कविहरु कल्पनाले आकाशको तारा खसाल्छन् तर यथार्थमा संसार अर्कै हुन्छ, बाह्य आँखाले संसार देखिन्न, भित्री आँखाले हेर्नुु पर्छ । आफनो आँखाले भन्दा अरुको आँखाले संसार, समाजलाई जुन दिन हेर्न सकिन्छ, यसैदिनदेखि जीवन परिवर्तन हुन्छ । जुन खाना खाएर शरिर बलियो हुन्छ त्यही खाना भोलिपल्टै कुहिन्छ, सडेर गल्छ, त्यही खानाको रसले पुष्ट भएको शरिर कसरी नित्य होला ? मानिस घमण्ड गर्छ, तर बाँसलाई ननिहुरी सुख छैन, दूध उम्लिएपछि पोखिन्छ, गाडी, घोडा भए पनि अस्पताल जाँदा एम्बुलेन्स र ह्वील चेयर चाहिन्छ, महँगा कपडा लगाइन्छ अस्पतालको बेडमा लाज छोप्दा त्यहीँको गाउन चाहिन्छ, निजी विमान या गाडीले काम गर्दैन, घाटमा जाँदा सबै उतारिन्छ, सुन, गहना गुरिया रहेछन् भने निकालिन्छ, सजिलै आएन भने औजार प्रयोग गरेर ।
मलामीहरु हुलका हुल जान्छन् घाटसम्म तर देख्नेले मलामी त के लगाएको कात्रो पनि देख्दैन, ठूलै अक्षरले समवेदना भरिन्छ तर जानेले त्यो देखेकै हुन्न । पवर्गमा परेको पद कार्यालय छोडेपछि कसले गन्छ, सुनौलो परिचयपत्र त्यतै अल्मलिन्छ, पैसा घरभित्रै हुन्छ, प्रतिष्ठा समाजभित्र मात्रै, मरेको भोलिपल्टै २ दिन भनी गन्न थालिन्छ, पाँच तारे होटलको खाना खानेलाई पनि अन्त्यमा तुलसी पानी चाहिन्छ । पकाएको पानी जूठो हुन्छ भन्दै नपकाई मुखमा हालिदिन्छन्, जग्गा जमिन थुप्रै भए पनि अन्त्यमा सुत्दा चाहिने साँढे ३ फिटको जमिन मात्रै हो । त्यसैले जीवनको साँचो अर्थ विज्ञानले होइन विद्याले दिन्छ, विद्या त्यही हो जसले जीवनलाई जीवन्त बनाउछ, विज्ञानले जीवनलाई सजिलो मात्रै बनाएको हो, मृत्यु निवारण सम्भव छैन, सुधारण सम्भव छ । पशु पन्छीका अँग मरेपछि काम दिन्छ मानिसको शरिरले दिँदैन ।
दर्शन शव्दको अर्थ देख्नु हो । संसारलाई देख्नु नै दर्शनको मुख्य सार हो । अंग्रेजी भाषामा दर्शनलाई फिलोसफी भनिन्छ यहां फिलोस र सफिया को अर्थ ज्ञान भन्ने बुझिन्छ । पश्चिमी दर्शनको पनि अन्तिम आधार ज्ञान नै हो र परमतत्व वा परम सत्यलाई जान्नु नै दर्शन भनिएको छ । दर्शनशास्त्र गहन वौद्धिक शाश्त्र हो । यसबाट मानिसले सम्पूर्ण विश्वज्ञानलाई समष्टिगत रुपमा एकैपटक बुझ्न पाउंछ । सोसियो साइन्सबाट यो शव्द निर्माण भएको र यसको अर्थ जान्नु हो । विज्ञानको अर्थ ठीक ठीक ज्ञान प्राप्त गर्नु हो । दर्शनको उद्धेश्य पनि ज्ञान प्राप्त गर्ने नै हो । फरक यति हो, विज्ञानबाट भौतिक लाभ र दर्शनबाट आध्यात्मिक लाभ प्राप्त हुन्छ । धर्मको उद्धेश्य आत्माको शक्ति हो र दर्शनको उद्धेश्य सत्यको खोजी हो । धर्मको उद्धेश्य सत्यको खोजी, ज्ञान प्राप्ति हो । धर्मको स्वरुप भने सेवा नै हो । पूर्वीय दर्शनका विभिन्न स्वरुप छन् । सांख्य, योग, न्याय, बैशेषिक, मिमांशा, वेदान्त आदि । यी सवै आस्तिक दर्शन हुन्, नास्तिकमा चार्वाक, बौद्ध र जैन दर्शन छन् ।
पश्चिमी दार्शनिक, अन्वेषकहरुमा– डा.फ्राइड, डा.युंग, एडलर हेलफिल्ड, डा.ब्राउन आदि छन् । अठारौँ शताव्दीका प्रख्यात पाश्चात्य दार्शनिक लेविनिजले यस संसारलाई परमाणुद्धारा बनेको भने । परमाणुलाई उनले मोनाण्ड नामकरण गरे । यसैलाई चित् अणु भनिन्छ । प्रसिद्ध वैज्ञानिक ग्यालिलियोले गणितीय सिद्धान्तअनुसार प्रकृति असंख्य अणुद्धारा बनेको भने । पदार्थको विस्तार यसैबाट भएको हो, यसमा आकर्षण शक्ति हुन्छ जसले गर्दा नै सम्पूर्ण ब्रह्माण्ड, ग्रह, तारा, नक्षत्र आदि संचालित भएका छन् । गुरुत्वाकर्षणको सिद्धान्तले हामी बस्ने पृथ्वी अडेको छ । न्यूटनको यो सिद्धान्त गुरुत्ववल पूर्वीय वैशेषिक दर्शनमा यस अघि नै प्रतिपादित थियो । पूर्वीय दर्शनमा यस्ता धेरै सिद्धान्तहरु छन् । विज्ञानले प्रतीपादन गरेको सिद्धान्त आवाज एक माध्यमबाट अर्को माध्यमसम्म फैलिएर जान्छ भन्ने मर्म पूर्वीय न्यायदर्शनमा पाइन्छ । संस्कृति भनेको मानवको सम्पूर्ण चरित्र हो ।
पूर्वीय धर्म दर्शनमा ऋग्वेदको आरम्भदेखि नै मानव जीवन स्वस्थ र सन्तुलित हुनु पर्ने संकेत भएको छ । स्वस्थ जीवनबाटै स्वस्थ समाज निर्माण हुन्छ । स्वस्थ, सन्तुलित, चारित्रिक, सभ्य नागरिक समाजबाट देशप्रेम र ईश्वरीय चिन्तन समेत हुन पुग्छ । अरुलाई नदिई स्वयंले मात्र प्रयोग गरेको अन्न बिष तुल्य हुन्छ भन्ने वाक्यांशले पूर्वीय मानव जीवनको संस्कृति, सभ्यता र पुण्य कर्मको सन्देश मिल्छ ।


















