अफगानिस्तानमा पाकिस्तानको आक्रमण: १५ जनाको मृ#त्यु

पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । पाकिस्तानी तालिबानका संदिग्ध लुकेको क्षेत्रलाई निशाना बनाएर गरिएको आक्रमणमा महिला र बालबालिकासहित १५ जनाको मृत्यु भएको हो ।

आक्रमणबाट पाकिस्तानी तालिबान तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी)को तालिम केन्द्र ध्वस्त भएको स्रोतले जनाएको छ । तर, पाकिस्तानी विमानहरू अफगानिस्तानमा कतिसम्म पुगे र कसरी आक्रमण गरे भन्नेबारे खुलाइएको छैन ।