तामाङ पत्रकार संघको सातौं राष्ट्रिय महाधिवेशन सम्पन्न

तामाङ पत्रकार संघले सातौं संघीय राष्ट्रिय महाधिवेशन सम्पन्न गर्दै नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
शनिबार काठमाडौंको एयरपोर्ट होटलमा सम्पन्न महाधिवेशनले नेत्र तामाङको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो।

महाधिवेशनबाट अध्यक्षमा नेत्र तामाङ, वरिष्ठ उपाध्यक्षमा तिर्थमान बल, उपाध्यक्षत्रयमा डोल्माछिरिङ तामाङ, साहिला तामाङ, र शिशिर दोङ चयन भएका छन्। महासचिवमा पहिलो महिलाको रुपमा सरस्वती तामाङ, सचिवत्रयमा आदर्श थोकर, जिबी लामा र मिक्साङ वाइबा, र कोषाध्यक्षमा हिरामान बल निर्वाचित भएका छन्।

केन्द्रीय सदस्यमा खुलातर्फ केन्द्रीय सदस्यमा अमृता तामाङ, अञ्जली तामाङ, पासाङ घिसिङ, सुदिन दोङ, संगम लामा, र श्यामलाल लामा, वाग्मती प्रदेशबाट आर्जुन तामाङ, मानकाजी तामाङ, सन्तोष योन्जन तामाङ, शान्ति थिङ, राजकुमार स्याङ्बो, राधिका लो तामाङ, र श्यामबहादुर तामाङ चयन भएका छन्। कोशी प्रदेशबाट अनुप योन्जन र सन्तोषीकला तामाङ तथा मधेश प्रदेशबाट साङबहादुर लो (राजु) केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

निवर्तमान अध्यक्ष सुवास योञ्जनले सबैलाई पुन हार्दिक बधाई तथा शुभकामना दिदैँ कार्यकाल सफल रुपमा सञ्चालन गर्न नवनिर्वाचित कायृ समितिलाई आग्रह समेत गरे ।