विकास निर्माणको काम प्रकृतिमैत्री ढँगले गरौं उपप्रधानमन्त्री सिंह

संविधान संशोधन सबैसँग छलफल गरेर

सोलुखुम्बु उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै अब प्रकृतिमैत्री ढँगले विकास निर्माणको काम गर्नुपर्ने बताउनुभएको छ । आइतबार सोलु दुधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले जथाभावी विकास निर्माण गर्न नहुने बताउँदै प्रकृतिमैत्री हुने गरि प्रविधिको प्रयोग गरेर विकास निर्माणको काम गर्नुपर्नेमा जोड दिनुभयो ।

ञविकास निर्माणको काम त गर्नुपर्छ । तर, विकास निर्माण प्रकृतिमैत्री हुनुपर्छ भन्ने हामीलाई घटनाक्रमले सिकाएको छ । अब त्यही अनुसार विकास निर्माणको काम गर्नुपर्छझ उहाँले भन्नुभयो ,ञघर बनाउँदा, प्रशासनिक भवन बनाउँदा होस् वा विकास निर्माणको अरू काम गर्दा अब समय बमोजिम हामी चल्नैपर्छ । गाउँठाउँलाई जोगाउने हो भने वातावरणलाई हामीले ध्यान दिनैपर्छ ।झउहाँले प्रशासकीय भवन निर्माण भएपछि पालिकाको सेवाप्रवाह प्रभावकारी हुने र नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पर्यटकिय हिसावले सोलुखुम्बु उत्कृष्ट गन्तव्य रहेको भन्दै ४० वर्ष अगाडि पिता गणेशमान सिंहसँग सोलुखुम्बु आएको स्मरण गर्नुभयो । ४० वर्ष अगाडी र अहिले हेर्दा आफूले सोलुखुम्बुमा विकास निर्माणको हिसावले धेरै परिवर्तन पाएको सिंहले बताउनुभयो । अहिले व्यवस्था फेरियो अवस्था फेरिएन भन्दै गलत भाष्य बनाउन खोजिएपनि यथार्थ त्यस्तो नरहेको बताउनुभयो ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थीरता र आर्थिक विकासका लागि अहिलेको सरकारले काम गरिरहेको भन्दै जनतालाई थप अधिकारसम्पन्न बनाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पार्नुभयो । ञ संविधानलाई अझ प्रभावकारी बनाउन, तीन तहको सरकारलाई अधिकारसम्पन्न बनाउन करिब एक दशकको तिता मिठा अनुभवबाट सिकेर कहाँ कहाँ समस्या भयो त्यसलाई हल गर्न संविधान संशोधन गर्ने सहमति कांग्रेस(एमाले सरकार बन्दानै भएको हो। त्यहीअनुसार अहिले छलफल अघि बढेको छ,झ उहाँले भन्नुभयो । संविधान जारी गर्दाजस्तै सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने सिंहको भनाई थियो ।

उपप्रधानमन्त्री सिंहले शिलान्यास गर्नुभएको प्रशासकीय भवन
पालिकाको आन्तरिक स्रोतबाट २ वर्षभित्रै बनाइसक्ने पालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो । कार्यक्रममा रक्षा मन्त्री मानबहादुर राई पनि सहभागी हुनुहुन्थ्यो ।