मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङ भएका छन्।
एआइजी तामाङलाई कार्यालयको प्रमुखको रूपमा सरूवा गरेको गृह मन्त्रीको सचिवालय स्रोतले बतायो।यसअघि तामाङ अपराध अनुसन्धान विभाग (सिआइडी)का प्रमुख थिए। कार्यालयमा प्रमुख रहेकी एआइजी किरण बज्राचार्य मंगलबारदेखि अवकाशमा गएकी थिइन्। उनी अवकाशमा गएसँगै उनको ठाउँमा तामाङलाई पठाइएको हो।



















