अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी भारत बिहार सीतामाढी बसबिट्टा बस्ने २२ वर्षीय सुधीर कोईरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
रौतहट परोहा नगरपालिका-२ तेजापाकड बस्ने ३० वर्षीय हिरामन महतोलाई २०८०बैशाख ९ गते माधव नारायण नगरपालिका-६ माधोपुरबाट अपहरण गरी भारतमा लगी शरीर बन्धक बनाई निजको परिवारसँग फिरौती माग गरेको घटनामा संलग्न रही फरार रहेकाउनलाई जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला प्रहरी कार्यालय सर्लाहीसँगको समन्वयमासर्लाहीको सीमा नाकाबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















