धुनीवेशी नगरपालिका–६ धार्केबाट अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ करिब ६ किलो ५ सय ७६ ग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले धार्केबाट जीवनपुरतर्फ जाँदैगरेको बागमती प्रदेश एएबि २४५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल र झोला छोडी चालक फरार भएपश्चात झोला तलासी गर्दा उक्त पदार्थ फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमाआवश्यक अनुसन्धान गरिरहेको छ ।




















