विभिन्न मुद्दामा फरार रहेका १७ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय रौतहट मातहतको प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका १७ जनालाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको विभिन्न मुद्दाका १७ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्मानित रौतहट जिल्ला अदालतमा पठाइएको प्रवक्ता दीपक कुमार रायले जानकारी दिए ।