दक्षिण कोरियाका राष्ट्रपति यून सुक येओलमाथि राजद्रोहको अभियोग लगाइएको छ । डिसेम्बरमा मार्शल ल लगाउने अफसल प्रयासपछि उनीमाथि उक्त अभियोग लगाइएको हो । डिसेम्बरको शुरुमा येओलले लगाएको ‘मार्शल ल’ (सैन्य शासन)लाई सांसदहरूले उल्ट्याएपछि दक्षिण कोरिया राजनीतिक संकटमा फसेको छ । अभियोग लाग्ने उनी देशको इतिहासकै पहिलो राष्ट्रपति बनेका छन् ।
शनिबार सोलको एक अदालतले येओलको हिरासत अवधि बढाउन अस्वीकार गरेपछि उनीमाथि अभियोग लगाइएको हो । यसको अर्थ सोमबार अघि नै अभियोजनकर्ताहरूले उनीमाथिको अभियोगलाई गाडि बढाउने कि उनलाई रिहा गर्ने भनेर निर्णय गर्नु पर्नेछ ।
राजद्रोहका ‘रि।गलिडर’लाई सजाय दिने प्रक्रिया अन्तत: अब शुरु भएको प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीका प्रवक्ता हान मिन–सूले पत्रकार सम्मेलनमा भनेका थिए । तर येओलको कानूनी समूहले भने उनीमाथि लगाएको अभियोगको आलोचना गर्दै हरेक गैरनकानूनी छानबिनको भन्डाफोर गर्ने बताएका छन् ।


















