सोनाम ल्होसारको अवसरमा र्‍याली (तस्बिर सहित)

आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

सोनाम ल्होसारको अवसरमा राजधानीमा र्‍याली प्रदर्शन गरिएको छ । ‘मञ्जुश्री संवत् २८६१ डुल (सापुखी) सोनाम ल्होसार भव्यरुपमा मनाऔँ । साथै, देश तथा विदेशमा बसोबास गर्दै आएका तामाङ जातीहरुले सोनाम ल्होसार हर्स उल्लासका साथ मनाउने गर्दछन् ।

आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।
ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ)

राष्ट्रिय सोनाम ल्होसार मूल समारोह समितिले बिहीबार काठमाडौँको टुँडिखेलमा